माघ २३ मा प्रमोद खरेल इटहरी आउँदै

माघ १९, २०७७

इटहरी । चर्चित गायक प्रमोद खरेल इटहरी आउने भएका छन । उनी माघ २३ गते इटहरीस्थित ओसियन पार्कको कार्यक्रममा सहभागी हुन आउन लागेका हुन । इटहरीमा लामो समय देखि मनोरञ्जनको कार्यक्रम भएको थिएन । खरेल आउने भए सँगै इटहरीका युवाहरु उत्साहित भएका छन ।

राष्ट्रिय कालाकार  प्रमोद  खरेलको उपस्थितिमा स्टोरी अफ योंग हर्ट “म्युजिकल नाइट” कार्यक्रम आयोजना हुने भएको हो । जहाँ खरेलले जिवनका संर्घषका कथा समेत सुनाउने कार्यक्रम छ । त्यो सँगै सास्कृति कार्यक्रम हुने आयोजक समितिका कृष्ण गिरिले जनाए । सफलताको कथा सँगै प्रमोद खरेलले आफ्नो चर्चित गितहरुको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।

टिकटका लागि :https://www.facebook.com/Astoryofyoungheart/

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP