इटहरीका मुसहरले पाउदैछन घर

माघ १३, २०७७

इटहरी । विपन्न मुसहर समुदायका लागि नौ वटा घर इटहरी उपमहानगरले निर्माण सम्पन्न गरेको छ ।

विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि वडा नं. १६ टिहिटि टोलमा घर निर्माण गरिएको हो । ७७ लाख लगानीमा तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ती घरहरु निर्माण गरिएको हो ।

उपमेयर लक्ष्मी गौतमका अनुसार त्यहाँ भित्रि वाटोहरु,चिल्डेन  पार्क,सामुदायिक भवन र दिनाभद्रिको मठ समेत वनाइएको छ र  इटहरी उपमहानगर विपन्न जनताको हीतमा गम्भिर रहेको वताउनुभयो ।साथै जनताको आँगनमा खुशियाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको वताउनुभयो । वडा नम्वर १६ र १७को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने जानकारी प्रदान गर्नु भएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP