काठमाडौ : प्रतिनिधिसभा विघटनको मुद्दामा अहिले संबैधानिक इजलासमा बहस निरन्तर छ । सोमबार देखी बहस गरिरहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले मंगलबार समेत बहस गरेका छन ।
विघटनको विरुद्धमा बहस गरिरहेका थापाले इजलासमा उर्दु भाषाको सायरी सुनाएका छन् । बहसको अन्त्यमा भने उनले मिर्जा गालिबको सायरी सुनाएका हुन ।
‘जला है जिस्म जहाँ दिल भी जल गया होगा
कुरेदते हो जो अब राख जुस्तुजू क्या है।’
उनले सायरीमार्फत् संसद् विघटनले संविधान, लोकतन्त्र र अहिलेसम्मको उपलब्धि नै समाप्त भएको रूपमा ब्याख्या गरेका हुन्।
“जला है जिस्म जहाँ दिल भी जल गया होगा” लाई थापाले प्रतिनिधि सभा विघटन सङ जोडेका थिए । जला है जिस्म, जहाँ शरीर जलेको छ, दिल भि जल जया होगा अर्थात त्यहा दिल पनि जलेको हुन्छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP