सुनसरी : प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएर मात्रै सडकबाट फर्कने बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको शक्ति प्रदर्शनपछि आयोजित सभालाइृ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले प्रधानमन्त्री ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने र जनता सडकबाट फिर्ता नहुने बताएका हुन्।
‘केपी ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व हुन्’, खनालले भने, ‘जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं।’
नेता खनालले आधिकारिक नेकपा आफूहरु भएको दावी गरे। उनले कुन नेकपा आधिकारिक हो भन्ने कुरा सडकमा हेर्न आउन प्रधानमन्त्री ओलीलाई चुनौती दिए।
‘कुन पार्टी आधिकारिक हो? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु’, उनले भने।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP