आजबाट हट्यो लाइसेन्स आवेदन कोटा प्रणाली

माघ ९, २०७७

काठमाडौं : सरकारले शुक्रबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ । यातायात व्यवस्था विभागले अनलाइन सिस्टममा सुधार आएको भन्दै शुक्रबारबाट आवेदनमा कोटा प्रणाली हटाएको हो । 

विभागकाअनुसार शुक्रबारबाट अनलिमिटेड फारम भर्न सकिने छ । अब जति पनि दैनिक आवेदन भर्न सकिने विभागले स्पष्ट पारेको छ । 

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको लामो समयको लकडाउनपछि खुलेपछि लाइसेन्स लिनका लागि आवेदन दिनेहरु संख्या धेरै भएको थियो । तर, एक्कासि सिस्टममा खराबी आएको भन्दै कोटा प्रणाली लगाइएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP