सुनसरी : बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुगेको छ । बिहीबार राति भएको खेलमा कोर्नेलालाई अतिरिक्त समयमा २-० ले पराजित गर्दै बार्सिलोना अर्को चरणमा पुगेको हो ।
कोर्नेलाको मैदानमा बार्सिलोनाले दुई पेनाल्टीमा गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ओसुमाने डेम्बेले र मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
खेलको ९२ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ११८औँ मिनेटमा अल्बर्टले रातो कार्ड पाएपछि कोर्नेला १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको १२० औँ मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।
त्यसअघि खेलको ३९औँ मिनेटमा मिरालिम पाज्निकले पेनाल्टीमा गोल गर्न सकेनन् । यस्तै ८०औँ मिनेटमा डेम्बेले पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP