ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

माघ ८, २०७७

ताप्लेजुङ : निमार्ण सामग्री लिन काबेलीतर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।  मे १ त २४१२ नम्बरको ट्याक्टर फुङ्लिङ नगरपालिका वडा नं ८ ल्याङ्बामा बिहिवार विहान दुर्घटना भएको हो ।

घाइते हुनेमा चालक पाँचथर भारपाका २४ वर्षीय उमेश सोनम र सह–चालक फिदिम २ का २३ वर्षीय वीर बहादुर नेपाली रहेका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरी जवान सागर दाहालका अनुसार घाइतेहरुको अवस्था गम्भिर रहेको छ । ट्याक्टर करिब २० फिट तल झरेको र आगो समेत लागेको दाहालले जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP