शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

माघ ८, २०७७

मोरङ  : प्रहरीले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न नेत्रविक्रम चन्द विप्लव समूहका नेतालाई पेस्तोलसहित पक्राउ गरेको छ।  बुधबार मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई जिल्लाको बुढीगंगा गाउँपालिका-४ मा स्थित औद्योगिक क्षेत्रबाट हतियारसहित पक्राउ गरेको हो।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उद्योगी व्यवसायीलाई धाकधम्की दिई चन्दा मागिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको हो । 

संखुवासभा साबिक मादी गाविस रामवेनी-७ हाल मादी नगरपालिका-४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल बरामद गरेको छ।

प्रहरी उपरीक्षक खड्काका अनुसार विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका-१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो।

त्यो घटना अनुसन्धान सिलसिलामा प्रहरीले उनी संलग्न रहेको यसअघि नै पत्ता लगाएको थियो।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP