‘घिन्ताङ’मा एलिजा र गौरवको जोडी

माघ ८, २०७७


सुनसरी : नेपाली कथानक चलचित्र ‘घिन्ताङ’मा अभिनेता गौवर पहाडी र एलिजा गौतम जोडीका रुपमा प्रस्तुत हुने भएका छन् । यो जोडीलाई लिएर निर्देशक दीपक श्रेष्ठले ‘घिन्ताङ’ बनाउने भएका हुन् ।

यस चलचित्रमा अभिनेता विपिन कार्की र एलिजालाई लिने दीपकको धोको थियो । तर, विपिनले समय दिन नभ्याएपछि केहिदिन अघिमात्रै गौरवलाई चलचित्रमा अनुबन्धित गरिएको हो ।

पुराना निर्देशक श्रेष्ठले थुप्रै हिट फिल्महरु निर्देशन गरेका छन् । ‘पापाी मान्छे–२’, ‘अजम्बरी माया’, ‘जीवन साथी’, ‘आमाको माया’ लगायतका चलचित्र श्रेष्ठको निर्देशनमा बनेका हुन् । लामो समयको अन्तरालपछि ‘घिन्ताङ’निर्देशन गर्न लागेका श्रेष्ठले चलचित्रका लागि एलिजालाई केही समय अघिनै पक्का गरिसकेका थिए ।

सामाजिक कथाबस्तुमा निर्माण हुन लागेको यो चलचित्रका अन्य कलाकार तथा निर्माताहरुका बारेमा भने केहि बताइएको छैन् । केहिदिनमै औपचारिक रुपमा अन्य कलाकार र चलचित्रका सबै विषयका बारेमा जानकारी दिने तयारीमा रहेको श्रेष्ठले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP