इटहरी : इटहरी उपमहानगरपालिकाको कार्यलयमा नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नगर उपप्रमुख लक्ष्मी गौतमको संयोजकत्वमा ७ सदस्यीय डायलाईसिस सेवा संचालन तथा व्यवस्थापन गर्न कार्यदल बनाएको हो ।
इटहरी उपमहानगरपालिकाको नेतृत्व र रोटरी क्लबसँगको सहकार्यमा डायलाइसिस सेवा सञ्चालन गर्न लागिएको हो ।
कार्यदल सदस्यमा इटहरी उपमहानगरपालिकाको लेखा अधिकृत बाबुराम आचार्य, जस्वानि घनश्याम सिग्देल, इटहरी अस्पतालको निमेसु डा. मनिषकुमार शर्मा, रोटरी क्लब अफ इटहरीका लक्ष्मि धिताल, अनिता अधिकारी रहेका छन् ।
कार्यदलको सदस्य सचिवमा इटहरी अस्पतालका इमर्जेन्सी ईन्चार्ज रामकुमार धमला रहेको नगर उपप्रमुख गौतमले जानकारी दिइन् ।
कार्यदलले डायलाइसिस सेवाको कार्यविधि, दीर्घकालिन सेवा सञ्चालन योजना, लागत खर्च, सेवाको प्रभावकारिता र जटिलता आदि जस्ता विषयहरुको अध्ययन गरि ६० दिन भित्रमा प्रतिवेदन तयार गरि डायलाईसिस सेवा सचालन प्रकृया अगाडि बढाईने कार्यदलको सदस्य सचिव धमलाले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP