डिम्याट खाता खोल्नेकाे संख्या २६ लाख नाघ्यो

माघ ८, २०७७

सुनसरी : शेयर बजारका आकर्षण बढेकाे छ ।  एक हप्ता अघि चन्द्रगिरिकाे आइपीओ  १२ लाख ५१ हजार १० जनाले आवेदन दिएका थिए । त्यसकाे एक हप्तापछिकाे तथ्यांक हेर्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएका छन् । यसबाट नै आकर्षण बढेकाे स्पष्ट देखाउछ ।

यसरी इन्फ्रास्ट्रकचर बैंककाे आइपी‌ओसँगै डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको हो । माघ ४ गतेमात्र एकै दिन ८१ हजारभन्दा बढीले डिम्याट खाता खोलेका छन् । माघ ६ गते २८ हजार ७५८ जनाले डिम्याट खाता खोलेका थिए । हिजोसम्म डिम्याट खाता खोल्नेको संख्या २६ लाख १० हजार ८६२ पुगेको छ ।

शेयर बजारमा थोरै लगानी गरेर प्रवेश गर्न सकिने भएकाले पनि यसमा सर्वसाधारण आकर्षण भएको हाे । जानकारहरुका अनुसार अनलाइनबाट शेयर कारोबार हुन थालेपछि नै सबैको आकर्षण यसमा बढेको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP