काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

माघ ७, २०७७

काठमाडौं : काठमाडौ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त हुनुभएको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उहालाई उपकुलपति नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा उहालाई उपकुलपति नियुक्त गरेको हो ।

उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा. डा. भोला थापा र प्रा. डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहनुभएको थियो । काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्रध्यापन पेशा गर्दै आउनुभएका प्राडा थापाले सो विश्वविद्यालयमा २७ वर्ष काम गर्नुभएको हो । नवनियुक्त थापा ९ वर्ष डीन र ५ वर्ष रजिष्ट्रार हुनुभएको थियो । पेशामा मेकानिकल इन्जिनियर उपकुलपति प्राडा थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधी गर्नुभएको थियो ।

कुलपति नियुक्ति भएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई भेट गर्न मन्त्रालयले पुग्नुभएको थियो । सो क्रममा उहाले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफु लागि पर्ने बताउनभयो । उहाले हाल देखिएका समस्या समाधान गर्न आफु हर सम्भव लागि पर्ने बताउदै त्यसको लागि पुर्व उपकुलपति, प्राध्यापक संघ लगायतसंग सहकार्य गरी अघि बढ्ने बताउनुभयो । सहकुलपति एवं मन्त्री श्रेष्ठले सबैको सम्मान हुनेगरी काम गर्न आग्रह गर्नुभएको थियो । मन्त्री श्रेष्ठको अध्यक्षतामा गठित समितिमा ४४ जनाले उपकुलपति हुन आवेदन दिएका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP