भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराउने

माघ ७, २०७७

सुनसरी : भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी उक्त कुराको जानकारी दिएका हुन् । खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने पनि उनले जानकारी दिए ।

‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ उनले भने ।

मन्त्री त्रिपाठीले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद पनि दिएका छन्। पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP