दश हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै, कुनको कति ?

माघ ७, २०७७

सुनसरी : बजारमा आईपीओ निष्कासनको लहर चलेको छ । यतिबेला १० हाईड्रोपावर कम्पनीको करिब ४ अर्ब रुपैयाँ बराबरको ४ करोड कित्ता आईपीओ पाइपलाइन छ ।

बोर्डले निष्कासन अनुमति दिए पश्चात यी १० कम्पनीले आईपीओ निष्कासन गर्नेछन् । पछिल्लो समय नेपाली शेयर बजारले प्राय दिनउँ जसो नयाँ रेकर्ड बनाउन थालेसँगै लगानीकर्ताहरू उत्साहित बनेर आईपीओमा लगानी गरिरहेका छन् । हालै मात्र आईपीओ जारी गरेको प्रभु लाइफ इन्स्योरेन्स र चन्द्रागिरि हिल्सको आईपीओमा करिब ११ लाख बढी आवेदकले आवेदन दिएका थिए ।

हिजो अर्थात, माघ ६ गते आईपीओ बिक्री बन्द गरेको नेपाल इन्फास्ट्रक्चर बैंकको शेयरमा १५ लाख बढि आवेदकले आवेदन दिएका छन् । बैंकको उक्त आईपीओमा परेको आवेदन अहिलेसम्मको सबैभन्दा धेरै ठूलो आकारको संख्या हो ।

यतिबेला शेयर बजारमा दिनैपिच्छे डिम्याट खाता खोल्ने र आईपीओमा आवेदन दिन संख्यामा अचाक्ली वृद्धि भएको पाइन्छ । दिनैपिच्छे कायम भइरहेको रेकर्डले गर्दा बजारमा विभिन्न कम्पनीले आईपीओ निष्कासन गर्ने होड नै चलेको छ ।

जसमध्ये यतिबेला १० हाईड्रोपावर कम्पनी आईपीओ निष्कासन गर्न बोर्डको अनुमति कुरिरहेका छन् । पुष २१ गते सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि भन्दै आईपीओ निष्कासन गरिसकेको छ । भने, कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि यो महिना भित्रै आईपीओ निष्कासन गर्ने जनाएको छ ।

यतिबेला बोर्डको अनुमतिको पर्खाइमा न्यादी हाइड्रोपावर कम्पनी लिमिटे, साहस उर्जा कम्पनी लिमिटेड, शुभम पावर लिमिटेड, इमर्जिङ्ग नेपाल लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड र रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेड रहेका छन् ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

शुभम पावर लिमिटेड

शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल भदौ २७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिबिआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

तेह्रथुम पावर कम्पनी लिमिटेड

तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड

ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल वैशाख ९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरको १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेड

रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २५ गते बिहीबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

पिपुल्स हाइड्रोपावर कम्पनी

पिपुल्स हाइड्रोपावर कम्पनी चाडैं नै आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा जाने कम्पनीले जनाएको छ । कम्पनी लिमिटेडले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ८२ करोड ५० लाख रुपैयाँ बराबरको ८२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले उक्त आइपिओ निष्कासन तथा बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP