सुनको भाउ तोलामा पाँच सयले बढ्यो

माघ ७, २०७७

सुनसरी : स्थानीय बजारमा पहेंलो धातुको मूल्य बुधवार प्रतितोला ५०० रुपैयाँले उकालो लागेको छ । 

प्रतितोला ९२ हजार रुपैयाँमा मंगलवार कारोबार भएको छापावाला सुन बुधवार तोलामा ५०० रुपैयाँले उकालो लागेर ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधवार ९२ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ ।

चाँदी तोलामा नै १५ रुपैयाँले वृद्धि भएको छ । चाँदी तोलामा १ हजार २४५ रुपैयाँमा मंगलवार कारोबार भएको थियो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP