काठमाडौं : दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे आदि कलाकारहरुको समुहले निर्माण गरेको पछिल्लो फिल्म ‘छ माया छपक्कै’ यूट्यबमार्फत दर्शकमाझ आएको छ ।
गए राति आमा अग्नी कुमारी मिडियाको यूट्युब च्यानलमार्फत यो फिल्म सार्वजनक गरिएको हो ।उक्त च्यानल फिल्मका अभिनेता तथा निर्माताहरुमध्येका एक केदार घिमिरेको हो ।
दीपेन्द्र लामाको कथा तथा निर्देशनमा यो फिल्म बनेको हो । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जितु नेपाल आदि कालकारहरुले अभिनय गरेका छन् ।
गाउँमा राजनीतिक पृष्ठभूमीमा हुर्किएको एक पुरुष र एक यूवतीको कथामा यो फिल्म तयार भएको छ । फिल्म ‘छ माया छपक्कै’ गत वर्षको असोज २४ गतेदेखि सिनेमा हलमा प्रदर्शन भएको थियो ।
फिल्ममा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ ।
रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।
विपिन मल्लको सम्पादन रहेको फिल्ममा रोशन श्रेष्ठको एक्सन, हरि हुमागाँइको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।
फिल्मका अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्म यूट्यबुमा आएको जानकारीसहितको स्टाटसमा लेखेका छन् – ‘आदरणीय मित्रहरू, हाम्रो पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ पनि युट्यूबमा आएको छ । यो राजनीतिक कथाबस्तुमा आधारित चलचित्रलाई तपाईंहरुले धेरै माया दिनु भएको छ । धेरै दर्शकले यो चलचित्रलाई हलमा, चलचित्र एपमा, डिस होममा हेरेर माया गर्नु भो, आजदेखि एचडी क्वालिटीसहित यूट्युबमा आएको छ । हेरेर प्रतिक्रिया पाउँ ।’
अभिनेता केदार घिमिरेले फेसबुकमा लेखेका छन् –‘छ माया छपक्कै फूल चलचित्र शेयर गरेर सबै दर्शक समक्ष पुर्याइ दिनु हुन अनुरोध गर्दछु ।’
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP