सुनसरी : ग्यास्ट्रिक कुनै रोगको नाम होइन । यसको शाब्दिक अर्थ “पेट सम्बन्धि” भन्ने हुन्छ । नेपाली जनसमुदायमा ग्यास्ट्रिकको अर्थ फरक फरक तरिकाले लगाइएको पाइन्छ। खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्याउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ ।
एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम एसिडले गर्छ। एसिडले तन्तुलाई जलाउन सक्ने क्षमता समेत राख्छ। तन्तुलाई बचाउन सक्ने क्षमता पनि त्यही छ। कुनै पनि तवरबाट एसिड बढी निस्कियो भने हुन्छ।
एसिड सामान्य निस्किए पनि शरीरलाई एसिडबाट बचाउन जुन काम हुन्छ त्यो काममा कुनै पनि किसिमले कमी आयो भने ग्याष्ट्रिक हुन्छ। कसैलाई पेटको क्यान्सर भयो भने खाना खाएपछि असजिलो हुन्छ। ग्याष्ट्रिकको लक्षण भएको मन्छेलाई क्यान्सर समेत हुने खतरा हुन्छ। खाद्यनलीमा समस्या आयो भने पनि ग्याष्ट्रिक हुन्छ।
ग्याष्ट्रिक हुने मानिसले के खाने के नखाने ?
कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउनु लाभदायी हुन्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ।
कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता आदी खानेकुरा नखानु राम्रो हुन्छ ।
दूध नपिउने : ग्यास्ट्रिक भएकाहरुले दुधको सेवन हानिकारक हुन्छ । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ।
प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्क सेवन गर्नु हानिकारक मानिन्छ ।
लसुन पानी : ग्यास्ट्रिकको समस्या हुनेहरुलाई बिहान खाली पेटमा लसुन पानीको सेवन गर्नु लाभदायी हुन्छ । दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।
खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।
प्रोबायोटिकयुक्त खाना : प्रोवायोटिकयुक्त खानाले त्यस्ता व्याक्टेरियालाई नष्ट गर्छ । दही, मोही, प्रोबायोटिक सप्लीमेण्ट आदी खाद्यपदार्थमा प्रोवायोटिकको मात्रा अत्याधिक हुने गर्छ ।
एन्टिअक्सिडेन्टयुक्त खानेकुरा : एन्टिअक्सिडेन्टयुक्त खानेकुराले सुन्निएको पेटेको पेटको भित्रि तहलाई कम गर्छ । ताजा फलफूलहरु, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोबी, कालो चामललगायतका खाद्यपदार्थमा यसको लागि लाभदायी मानिन्छ ।
स्वस्थकर फ्याट : बढी तताइएको तेलयुक्त खानेकुराहरु ग्यास्ट्रिकको लागि राम्रो मानिदैन । ससेज, आलु, चिप्स, समोसा, जुलेवी र मासुमा पाइने वोसोलाई अस्वस्थकर फ्याटको रुपमा लिइन्छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP