प्रदेश १ र बागमती प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

माघ ७, २०७७

सुनसरी : प्रदेश १ र बागमतीमा आजदेखि हिउँदे अधिवेशन सुरु हुँदैछ । दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको समयमाबीच आजदेखि अधिवेशन सुरु हुन लागेको हो ।

गत पुस १० गते बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध र पुस १२ मा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले अविश्वास प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश १ को हिउँदे अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ । त्यसअघि सभामुख प्रदीपकुमार भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । कांग्रेसले अहिलेसम्म दुवै प्रदेशमा आफ्नो समर्थन अविश्वासको प्रस्तावको पक्ष वा विपक्षमा हुने भनेर औपचारिक निर्णय नगरिसकेको अवस्थामा यो विषय थप पेचिलो बनेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP