सुनसरी : अमेरिकामा २० जनवारीका दिन निर्वाचित राष्ट्रपतिको शपथग्रहण लिने पराम्परा रहेको छ । यसदिन नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथग्रहण गर्नेछन् । डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेनले आज राति १० बजेर ४५ मिनेटमा ४६ औँ राष्ट्रपतिको रुपमा शपथ लिनेछन् ।
कारोना महामारीलाई मध्यनजर गर्दै ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रुपमा गरिने छ ।
यस्तै अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायतका ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ । शपथ कार्यक्रममा हिसांत्मक कार्य हुनसक्ने आशंका रहेका कारण सुरक्षा व्यवस्था कडा गरिएको अमेरिकी एजेन्सीले जनाएको छ ।
यस्तै शपथ कार्यक्रम डोनाल्ड ट्रम्प उपस्थित नहुने भएका छन् । राष्ट्रपतिको शपथग्रहणमा भाग नलिने अमेरिकामा अहिलेसम्म तीनजना रहेका छन् ।
बाइडेनको शपथमा पूर्वराष्ट्रिपति जर्ज डब्लु बुस र उनी पत्नी लौरा बुस, बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा र विल क्लिन्टन र उनी पत्नी हिलारी क्लिन्टन उपस्थित हुनेछन् ।
आज बाइडेनलाई चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा राष्ट्रपतिको शपथग्रहण दिलाउने छन् ।
उक्त शपथग्रहणमा बाइडेनले शपथ लिइसकेपछि भाषण गर्नेछन् र मातदातालाई धन्यवाद पनि व्यक्त गर्नेछन् ।
शपथअघि गायिका लेडी गागाले राष्ट्रिय गान गाउने छिन् र जेनिफर लोपेजको सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसपछि बाइडेन क्यापिटल हिलदेखि ह्वाइट हाउसको यात्रामा निस्कनेछन् ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP