डर्टमन्डलाई पराजित गर्दै लिभरकुसन दोस्रो स्थानमा

माघ ७, २०७७

सुनसरी : बोरुसिया डर्टमन्डलाई पराजित गर्दै लिभरकुसन जर्मन बुन्डेसलिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा लिभरकुसनले डर्टमन्डलाई २–१ गोलअन्तरले हराएको हो।

घरेलु टिमका लागि मौसा डियाबी र फ्लोरियान विर्ट्जले गोल गरे। यता, डर्टमन्डका जुलियन ब्रान्ड्टले गोल फर्काए। पहिलो हाफसम्म १–० गोलले पछि रहेको डर्टमन्डले दोस्रो हाफमा एक गोल फर्काए पनि एक गोल खाँदै हार ब्यहोरेको हो। खेलको १४ औं मिनेटमा मौसा डियाबीले गोल गर्दै लिभरकुसनलाई १–० गोलको अग्रता दिलाए।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP