सुनसरी : अस्ट्रेलियाविरुद्धकाे टेस्ट शृङ्खला भारतले जितेकाे छ । चाैथाे टेस्ट मङ्गलबार तीन विकेटले जितेसँगै चार खेलको शृङ्खला भारतले २–१ ले जितेको हो ।
ब्रिस्बेनमा तीन सय २८ रनको लक्ष्य पछ्याएको भारतले पाँचौ दिनको अन्तिम समयमा सात विकेट गुमाएर भेट्यायाे । भारतको जितमा विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्त नायक बने, उनले अविजित ८९ रन बनाए । यस्तै शुभमन गिलले ९१ र चेतेश्वर पुजाराले ५६ रन बनाए ।
अस्ट्रेलियाका प्याट कमिन्सले चार, नाथन लायनले दुई र जोश हजलउडले एक विकेट लिए पनि जितको लागि पर्याप्त भएन । अस्ट्रेलियाले ब्रिस्बेन क्रिकेट मैदानमा ३२ वर्षपछि पहिलो पटक टेस्ट शृङ्खला गुमाएकाे हाे ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP