सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ को मृत्यु

माघ ६, २०७७


गान्धीनगर : बाटोको छेउमा सुतेका आप्रवासी कामदारमाथि ट्रक चल्दा १५ जनाको ज्यान गएको छ।

गुजरातको सुरत जिल्लामा मंगलबार बिहान बाटोको छेउमा सुतिरहेका आप्रवासी कामदारमाथि तीव्र गतिको ट्रक कुदेको हो । सो घटनामा १५ आप्रवासी कामदारको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।

सुरतबाट झण्डै ६० किलोमिटर पर रहेको कोसाम्बा गाउँमा घटना भएको हो । ज्यान गुमाउने सबै राजस्थानका कामदार रहेको प्रहरीले जनाएको छ।

किम–माण्डवी सडकको छेउमा सुतेका कामदारमाथि ट्रक चलेको हो । १२ जनाको घटनास्थलमै ज्यान गएको हो भने तीनजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अरु पाँचजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक पक्राउ परेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP