इटहरी : एउटै घरको दाजु बहिनीको एकै दिन मृत्यु भएको छ । इटहरी २० तरहरा तामाङ टोलका एक दाजु राजेन राई र बहिनी दिपा राईको एकै दिन मृत्यु भएको हो ।
राजेन केहि समय देखि जण्डिसको विरामी थिए । दिपाको भने पित्तथैलीको पथ्थरियाको उपचार धरान स्थित विजयपुर अस्पतालमा गराइरहेको थियो । पथ्थरियाको अप्रेशन गर्दा डाक्टरको गम्भिर लापरवाहीको कारण मृत्यु भएको भन्दै छानविन गर्न आफन्तहरुले माग गरेका छन ।
धरान विजयपुर अस्पतालको गम्भिर लापरवाही गरेर पथ्थरियाको अप्रेशन गर्दा दिपाको ज्यान गएको भन्दै आफन्तहरुले आपत्ती जनाएका छन । अस्पतालाई कडा कारवाही हुनु पर्ने तरहराबासीको माग छ । दाजु बहिनीकै एकै दिन मृत्यु भए पछि आफन्त विछिप्त भएका छन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP