सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

माघ ५, २०७७

काठमाडौँ : काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागी नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागिपरेका छन् ।   

महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागीबारे खुल्न नसकेको बताए । ‘आगलागीबारे खुल्न सकेको छैन । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । हामी सबै फिल्डमा छौं,’ उनले भने । अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP