सुडान : सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाद्वारा गरिएको आक्रमणमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्युज एजेन्सी)ले जानकारी गराएको छ ।
उक्त आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका छन् । ‘शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याकअनुसार ४८ जना मारिएका र ९७ जना घाइते भएका छन्,’ सुनाले लेखेको छ ।
सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले जनाएको छ । यसैबीच सुडानको मन्त्रिपरिषद्ले एल जेनिनालाई अवस्थाको मूल्याङ्कन गरी अवस्थालाई शान्त बनाउन तथा राज्यमा शान्ति र स्थायित्व कायम गर्न तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको जनाएको छ ।
महान्यायाधिवक्ता ताज अल–सर अली अल–हेब्रोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सुरक्षा, सैन्य र न्यायिक निकायका प्रतिनिधिहरू सामेल गरिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP