प्रदेश १ मा केहीअघिसम्म विश्वासको मत नपाउलान् भन्ने सोचिएका मुख्यमन्त्री शेरधन राई अब बलियो बन्दै गएका छन् ।
यसअघि राईलाई समर्थन नगर्ने भन्दै उनीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु धमाधम हस्ताक्षर फिर्ता लिन अग्रसर भएपछि राई बलियो हुँदै गएका हुन् ।
नेकपामा केपी शर्मा ओली समूहका राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका पाँच जना सांसदले अहिलेसम्म हस्ताक्षर फिर्ता लिने भएका छन् । यीमध्ये तीन जनाले आज मात्रै आफ्नो हस्ताक्षर फिर्ता लिने भएका हुन् ।
झापाका सांसद् जसमाया गजमेर, गोपलचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले आज आफ्नो हस्ताक्षर फिर्ता लिने बताएका छन् । यसअघि सांसद कला घले र वसन्तीदेवी यादवले पनि आफ्नो हस्ताक्षर फिर्ता लिने घोषणा गरिसकेका थिए ।
योसँगै अब प्रदेशको हिउँदे अधिवेशन नजिकिँदै गर्दा राईको मुख्यमन्त्री पद थप बलियो हुने भएको बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP