ओलीलाई रावलको प्रश्न : तपाईं संविधानको कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो ?

माघ ४, २०७७

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संविधानको कुन धाराअन्तर्गतको प्रधानमन्त्री हो स्पष्ट पार्न आग्रह गरेका छन् ।

नेकपा दाहाल-नेपाल पक्षका विद्यार्थीहरूले आयोजना गरेको उपत्यका स्तरीय कार्यकर्ता भेलामा बोल्दै रावलले यस्तो प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्रीजी, तपाईं नेपालको संविधानको कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो?,’ उनले प्रश्न गरे।

राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको सिफासिस अनुमोदन गर्दा संविधानको धारा ७५ को उपधारा १ र ७ को उल्लेख गरेकी छन्। तर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको थियो।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP