एजेन्सी : बलिउडका चर्चित अभिनेता बरुण धबनको बिबाहलाई लिएर बलिउडमा चर्चा परिचर्चा बढीरहेको छ । केही दिन यता बरुण विवाहको तयारीमा व्यस्त रहेको समाचार तिब्र रुपमा बाहिरीएको छ । बरुणले यहि महिना आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्दैछन् ।
यतीखेर बरुण र नताशाको बिबाहको मिती सार्वजनिक भएको छ । उनीहरुले यही जनवरी २४तारिख मा विवाह गर्ने भएका छन् ।कोरोनाको जोखिमका कारण परिवारको सदस्य मात्रै उपस्थित हुने बताइएको छ ।
बरुणले अलिवागको एक पाँचतारे होटल बुक गरिसकेका छन् र यसका लागि केही एडभान्स पेमेन्ट पनि दिएका छन् ।
लामो समयदेखी प्रेम सम्बन्धमा रहेकाले फेशन डिजाइनर नताशा र बरुणको विवाहको प्राय चर्चा भइ नै रहेको थियो ।रेडियो कार्यक्रममा वरुणले आफ्नो प्रेमकथाबारे पनि बोलेका थिए । ‘मैले जब नताशालाई पहिलोपटक देखेको थिएँ, त्यतिबेला उनी ६ कक्षामा पढ्थिंन् । हामी ११ र १२ कक्षासम्म एकअर्काका मिल्ने साथी थियौं । त्यसको केही समयपछि मात्रै मैले नताशालाई मन पराउँन थालें ।’
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP