राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

गत पुष ५ मा मन्त्रिपरिषद्को सिफरिसमा प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पहिलोपटक भेट भएको हो। शीतलनिवासमा अहिले भेटघाट जारी रहेको छ।

उता सर्वोच्च अदालतमा भने प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बहस भइरहेको छ