सिंगटी हाइड्रोको आइपिओ खुल्यो

सिंगटी हाइड्रोको आइपिओ खुल्यो

काठमाडौं :  सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ बिक्री खुला गरेको छ । सिंगटीले दोलखा जिल्लाका बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयलाई प्रतिसेयर सय रुपैयाँका दरले १४ लाख ५० हजार कित्ता आइपिओ  बिक्री खुला गरेको हो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि माघ १८ गतेसम्म आइपिओमा आवेदन दिन पाउनेछन् । निष्कासित सबै सेयरका लागि आवेदन नपरेमा फागुन ३ गतेसम्म आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।