एजेन्सी : चीनको तियानजिन नगरपालिकामा आइसक्रीमका थुप्रै बट्टामा कोरोनाभाइरस भेटिएपछि अधिकारीहरू संक्रमित व्यक्तिहरूको पहिचानमा जुटेका छन् । स्थानीय स्तरमा उत्पादित आइसक्रीमका तीनवटा स्याम्पलमा कोरोना भेटिएको हो ।
लगभग ४८ सय ३६ बक्समा कोरोना भेटिएको तियानजिन दाकियाओदाओ फूड कम्पनीले जनाएको छ । तीमध्ये २ हजार ८९ वटालाई सील गरिएको छ ।
बाँकी १८ सय १२ वटालाई अन्य प्रान्तमा पठाइसकिएको थियो र ९३५ वटा स्थानीय बजारमा गइसकेका थिए । तर ६५ वटा मात्र बिक्री भएको चाइना डेलीले खबर दिएको छ ।
कम्पनीका १६ यि ६२ कामदारलाई सेल्फ आइसोलेसनमा बस्न भनिएको छ । उनीहरूको स्वास्थ्य परीक्षण पनि गरिएको छ ।
लीड्स विश्वविद्यालयका भाइरोलोजिस्ट डा स्टिफन ग्रिफिनले मानिसको सम्पर्कमा आइसक्रीम कोरोना पोजिटिभ देखिएको हुन सक्ने र यो एक्लो घटना भएको बताए । यसबाट आत्तिनुपर्ने कारण नरहेको उनको भनाइ छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP