सुनसरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा लगनगाँठो कस्दैछन् । मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरेको छ । तर, उनी कोसँग लगनगाँठो कस्दैछन् भन्ने खुलाइएको छैन ।
मुख्यमन्त्री राईको हुनेवाली को हुन् त ? विवाहको प्रशंग आएपछि धेरैलाई कौतुहलता लागेको हुन सक्छ ? मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्न लागेका हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो ।मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र ज्याङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए ।
विदेशमा राजनीतिज्ञ तथा सरकारी उच्च अधिकारीहरुले मोडल तथा सेलिब्रेटीहरुसँग विवाह गरेको थप्रै उदाहरण छ । अमेरिकाको वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी दोस्रो पत्नी मेलनिया पनि एक चर्चित मोडल हुन् ।अमेरिका र युरोपमा यस्ता थुप्रै उदाहरण छन् । तर, नेपालमा भने पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गर्न लागेका हुन् । यो नेपाली राजनीतिबृत्तका लागि सम्भवः पहिलो र नौलो हुनसक्छ ।
मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।
मुख्यमन्त्री राई र मोडल ज्याङ्मुको उमेरमा भने लगभग आधा अन्तर छ । विभिन्न देशमा नेताहरुले सेलिब्रिटीसँग विहे गर्ने चलन रहे पनि नेपालमा कमै नेताको यस्तो विहे हुने गरेको छ ।‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको भनाइ छ ।
२७ वर्षको उमेरमै २०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २० वर्षको बीचमा तत्कालिन एमालेको जिल्ला सचिव,अध्यक्ष,केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।
मुख्यमन्त्री राईले काठमाडौं र प्रदेश १ को राजधानी विराटनगरमा शुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारीलगायतलाई भोज दिने तयारी गरेको बताइएको छ ।
केही समयअगाडी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति भन्दै हिँडिरहेकी बालिका खड्कालाई प्रहरीले नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडाबाट नियन्त्रणमा लिएको थियो ।
तीनै महिलाले आफू शेरधन राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मु द्दा समेत दायर गरेकी थिइन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP