मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काँकडभिट्टा : झापा बुद्धशान्ति गाउँपालिका–४ स्थित वर्ने चिया बगान नजिकै भएको मोटरसाइकल दुर्घटनामा अर्जुनधारा ७ का २१ वर्षीय कविराज भनिने कमल चौधरी र २० वर्षीया हेमा महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलामको कन्याम घुमेर फर्किएका चौधरी र महत सवार मे. ७ प ९४६२ नम्बरको मोटरसाइकल सोही दिशाबाट झापा आइरहेको मे. १ ज २०९३ नम्बरको टाटा सुमोसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते घाइते भएका दुवैलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्जुनधारा ७ स्थित मिलडाँडा नजिकै बस्ने उनीहरुको मृत्युपछि गाउँ शोकमग्न बनेको अर्जुनधाराका पत्रकार रमेश समदर्शी राईले जानकारी दिए । राईका अनुसार कविराज परिवारका एक्लो छोरा तथा हेमा परिवारकी कान्छी छोरी थिइन् । दुर्घटनामा परेको टाटा सुमोका चालक बुद्धशान्ति ७ का सञ्जय गदाल फरार छन् ।