माधव–प्रचण्ड मलुकका लागि आतंककारी : पूर्वमन्त्री बस्नेत

माधव–प्रचण्ड मलुकका लागि आतंककारी : पूर्वमन्त्री बस्नेत

धरान : प्रधानमन्त्री केपी ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालको आयोजनमा धरानमा भएको बृहत युवा भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रभावशाली युवा नेता महेश बस्नेतले माधव कुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्ड गुटका नेता नेकपाको फल नभई मल भएको गएको टिपण्णी गर्नुभएको छ ।

बृहत युवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले माधव, झलनाथ खनाललगातका केही नेताहरु अपराधी, आतंककारी, भ्रष्टाचारी, आफन्तवादीसँग कुम जोड्न भएको आक्रोस व्यक्त गर्नुभयो । माधव–प्रचण्ड मलुक र जनताको लागि भन्दा पनि आफ्नो विगतको कालो कर्तुत लुकाउनमा नै ध्यान केन्द्रीत भएको उल्लेख गर्दै नेता बस्नेतले व्यक्तिगत स्वार्थका कारण नेपाली कम्युनिष्ट आन्दोलनलाई कोलो धब्बा लगाउने प्रयास गरेको बताउनुभयो ।

माओवादीका स्थानीय तहको नेतृत्व दिन समेत नसकिने व्यक्तिले केन्द्रको नेतृत्व तथा प्रचण्डलाई कार्यकारी नेतृत्व दिनु नै पार्टीमा गंभिर संकट पैदा भएको समेत उहाँले तथ्य सार्वजनिक गर्नुभयो । प्रचण्ड–माधवका अराजक अरिङ्गाललाई जनताले निर्वाचनमा राँको लिएर खेदाउने उल्लेख गर्दै नेता बस्नेतले प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वङ्स तथा मुलुकलाई अराजकतामा लैजाने भन्दा केही गर्न नसकेको स्पष्ट पार्नुभयो । बौद्धिक अराजकतावादी तथा लालबुजक्कडहरु एक ठाउँमा उभिएर सडकमा गएर हामी यहाँ छौं भन्दै उभिएको उल्लेख गर्दै नेता बस्नेतले प्रचण्ड माधव उदण्डका नेता मात्र भएका टिप्पणी गर्नुभयो ।

प्रचण्ड व्ल्याकमेलीङ र उनीद्वारा संचालित कथित मिडियाहरु परिचालित भएको भन्दै आक्रोस व्यक्त गर्दै नेता बस्नेतले भन्नुभयो, ‘प्रचण्ड उल्टो कुरा मात्र गर्न मायुर खेलाडी हो । लोकतान्त्रीक पद्धतिलाई निरंकुश तथा तानाशाह भन्ने कतर्क गरिरहेका छन् । प्रचण्डले तीन वर्षसम्म सिन्को पनि भाँच्न नसक्नेले ठूलो कुरा गर्ने ? सारदा अधिकारीलाई संरक्षण गर्नेभनदा बाहेक केही गर्न सकेनन् । प्रचण्डमा एक इन्चमात्र इमान्दारी छ भने सूर्य चिन्ह दावी गर्नुहुन्न, छोरी रेणु दाहालले देवी ज्ञवालीको मत च्यातेर निर्वाचन जितेको चितवनका जनताले विर्षेका छैनन् । त्यसैले सडकमा गएर सूर्य चिन्ह छातीमा झुण्ड्याएर हामी यहाँ छौं भन्नुको कुनै अर्थ छैन । सूर्य र नेकपा हाम्रो हो । कसैले आँखा नलगाए हुन्छ ।’

केपी ओलीले बन मान्छेलाई मान्छे बनाइदिनुभयो तथ्यगत रुपमा प्रस्तुत गर्दै नेता बस्नेतले प्रचण्डका नेतृत्वमा रहेका नेता तथा कार्यकर्ताहरुले विगत २०५९ सालमा आफुले कल्पना गरेको आन्दोलनको स्वरुप प्रचण्ड–माधवले चोर्दै हिँडेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले २०५९ सालमा जनता तथा कार्यकर्ता मैदानमा नभएको समयमा मुर्दा जुलुस, उल्टो हिड्ने जुलुस, मसाल जुलुस, लाल्टीन जुलुस, मखुण्डो जुलुस लगायतका आन्दोलनहरुको परिकल्पना गरेका थियौं । त्यही प्रस्तुतीलाई अहिले आएर प्रचण्ड माधवका कार्यकर्ताले चोरेका छन् । त्यो आम नेपालीलाई राम्ररी थाहा छ । हिम्मत भए जनता उतारेर जुलुस गर्नुस् । हैन भने अर्काले कल्पना गरेको तरीका चोरेल आन्दोलनको नैटंकी नगर्नुस् ।’

राम्रो काम गर्नेको पछि लागे फुलबारी तथा नराम्रो काम गर्नेको पछि लागे झिंगा बनेर फोहोरको नालीमा जाने उल्लेख गर्दै उहाँले साविक एमालेको पार्टी कार्यालय कब्जा गर्ने तथा बैंकमा रहेको पैसा चोर्ने जस्तो गतिविधिहरु नगर्ने प्रचण्ड–माधव समुहलाई चेतावनी समेत दिनुभयो । प्रचण्डले एका तर्फ यो सरकारले निर्वाचन गराउँदैन भन्दै हिड्ने गरेको अर्को तर्फ निर्वाचन आयोगमा गएर निर्वाचन रोक्नु पर्यो भन्दै हिड्ने गरेकोमा आक्रोस व्यक्त गर्दै नेता बस्नेतले प्रधानमन्त्री केपी ओलीको विकल्पमा प्रचण्ड–माधव हुन नसक्ने भन्दै कांग्रेसले निर्वाचनको तयारी अगाडी बढाईसकेको उल्लेख गर्नुभयो ।

प्रचण्ड मुलुक र जनताको नजरमा अराजक तथा आतंककारी नै कायम रहेको नेता बस्नेतले बताउनुभयो । राजेन्द्र महतोले समेत प्रचण्डलाई हजार वर्ष जेल हाल्दा पनि कम हुन्छ भनि धारणा सार्वजनिक गर्नुभएको कुरालाई समेत उहाँले जोड्नुभयो ।