सुनसरी : नेपाली राष्ट्रिय टिमका फुटबलर २८ वर्षीय जगजित श्रेष्ठले अस्ट्रेलियाको क्लब साउथ एडिलेड प्यान्थरका लागि २०२१ को सिजनका लागि एडिलेडसँग सम्झौता गरेका हुन् ।
साउथ एडिलेडले जगजितसँग सम्झौता गरेको जनाउँदै उनको आगमनले क्लब उत्साहित भएको उल्लेख गरेको छ ।
नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका जगजितले ए डिभिजन लिग क्लब हिमालयन शेर्पा, फ्रेन्ड्स, थ्रीस्टार र मनाङ मर्स्याङ्दी बाट पनि खेलिसकेका छन् ।
जगजित सन् २०१५ देखि अस्ट्रेलियामा बसाेबास गर्नुका साथै फुटबल पनि खेलिरहेका छन् ।जगजितले अष्ट्रेलियामा ह्युम युनाईटेड, सनसाईन जर्ज क्रस, नुवावडिङ सिटी , प्रेस्टन सिटी र पारा हिल्स नाइटबाट खेलिसकेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP