बस दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

बस दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

झुम्का : सुनसरीको रामधुनी–१ स्थित पूर्व पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा एक जना महिलाको घटना स्थलमै मृत्यु भएको छ ।

काँकडभिट्टाबाट बीरगंजतर्फ जाँदै गरेको ना ५ ख ५२३६ न. को बसले पैदलयात्री नाम, थर नखुलेकी अन्दाजी ५५/६० वर्षकी महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बस चालक सर्लाही हरिवन–१० का ३१ वर्षीय सोमप्रसाद न्यौपाने ट्राफिक प्रहरी कार्यालय ईनरुवाको नियन्त्रणमा रहेका छन् ।