हिमाली क्षेत्रमा आज तोल ल्होसार पर्व मनाइँदै

हिमाली क्षेत्रमा आज तोल ल्होसार पर्व मनाइँदै

काठमाण्डौ : हिमाली क्षेत्रका समुदायले आज तोल ल्होसार पर्व मनाउँदै छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायत हिमाली भेगमा तोल ल्होसार पर्व मनाउने गरिन्छ । तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसारको रुपमा मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ । 

पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आँगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आशीर्वाद लिने र बाबरी रोटी, फुरौला, कन्दमूल आदि प्रसादका रुपमा खाने चलन छ ।