चतरा : सुनसरीको वराहक्षेत्र धाममा माघ १ गते लाग्ने मकर सङ्क्रान्ति मेलाको तयारी सुरु भएको छ । पौष मसान्तको रातदेखि माघ १ गते सम्म लाग्ने मेलाका लागी सरसफाइ र रङरोगन सकिएको छ, व्यापारीका लागि स्टल र स्नान घाट व्यवस्थापन पनि लगभग सकिएको घिमिरेले बताए ।
माघ १ गते कमर स्नान गर्न तिर्थालु वराहक्षेत्र आउने गर्दछन् । वराह पुराणका अनुसार माघ १ गतेबाट उत्तारक सुर हुन्छ र देवताहरू जागृत हुन थाल्छन्। माघ १ गतेबाट नै सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।
यस दिन ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा अरुबेलाका भन्दा हजार गुणा बढी पुण्य मिल्ने पण्डित योगेश भण्डारीले बताउँछन् । वराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे विगतमा गरेको गल्तीबाट मुक्ति र धन्य भइने मान्यता रहेको छ । शरीरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् । भने शुद्ध मनले स्नान गरेर वराह भगबानको दर्शन गरे सोचेका कुरा पूरा हुने जनविश्वास रहेको छ ।
बर्सेनि ५०–५५ हजार भक्तजन आउने माघे मेलामा यस पटक कोभिडका कारण अलिक कम आउने अनुमान संरक्षण मञ्चले गरेको छ । माघ सङ्क्रान्तिका दिन तरुल, सुठुनी, लड्डु, चाकु समेत खाने परम्परा छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP