दमक : झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो ।
घरभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई प्यारालाइसिसका बिरामी थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन ।
दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP