ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

मार्तडी : बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् ।

उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटना हुँदा घाइते भएका योगीको उपचारका क्रममा मृत्यु भएको ठगुन्नाले बताए । ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।