इलोन मस्क: विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल

इलोन मस्क: विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल

काठमाडौं : टेस्लाका सीईओ एलन मस्क संसारकै सबेभन्दा धनी व्यक्ति बनेका छन् ।

उनले अमेजनका जेफ बेजोसलाई पछि पारेका हुन् । मस्कको नेटवर्थ १८८ बिलियन यूएस डलर भन्दा धेरै रहेको छ । यो अमेजनका संस्थापक जेफ बेजोसको १८७ बिलियन यूएस डलरभन्दा १ डलरले बढी हो ।

टेस्लाको शेयरमा निरन्तर वृद्धिका कारण यो उपलब्धि हात लागेको हो । इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक मस्क अब संसारकै धनी व्यक्ति बनेका छन् । यो सूचीमा ५०० अर्बपति सामेल छन् ।

२०१७ देखि जेफ बेजोस नै संसारको सबैभन्दा धनी व्यक्ति थिए ।