प्रतिनिधि सभा विघटनबारे आजदेखि सर्वोच्च अदालतले निरन्तर सुनवाइ गर्दै

पुस २२, २०७७

सुनसरी : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरूद्ध परेका निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ गर्दैछ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको १० पुसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय तथा सभामुखलाई १९ गतेसम्म लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। आदेश बमोजिम तीन वटै निकायले लिखित जवाफ बुझाइसकेका छन्। सोही इजलासले २२ पुसदेखि नियमित सुनुवाइका लागि पेस गर्न पनि आदेश दिएको थियो।

अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको एउटा रिट सिधै संवैधानिक इजालसमा पठाइएको थियो भने बाँकी १२ वटा निवेदनलाई ८ पुसमा एकल इजलासमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा पेस गर्न आदेश दिएका थिए। त्यसैअनुसार १० पुसमा संवैधानिक इजलास बसेको थियो।

आज पनि ती निवेदनहरूको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाको नेतृत्वमा संवैधानिक इजलास बसेको छ। बाँकी न्यायाधीशमा हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्। आजको इजलासका न्यायाधीशहरू १० पुसको इजलाजमा पनि थिए।

यद्यपि रिट निवेदकहरूले यी विवादलाई संवैधानिक इजलासमा नभएर वृहत पूर्ण इजलासमा पठाउन माग गर्दै आजै इजलाससमक्ष निवेदन दिने तयारी गरेका छन्।
थप सामग्री : https://www.himalkhabar.com/news/121848

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP