सुनको भाउ तोलामा ८०० रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको भाउ तोलामा ८०० रुपैयाँ बढ्यो, कति पुग्यो ?

काठमाडौँ : सोमबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति ८ सयले बढेर प्रतितोला ९५ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १३ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।