एपीएफलाई हराउँदै प्रदेश १ बन्यो च्याम्पियन

एपीएफलाई हराउँदै प्रदेश १ बन्यो च्याम्पियन

दाङ : साबिक विजेता विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गर्दै प्रदेश नम्बर एक सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार फाइनलमा एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ पहिलोपटक च्याम्पियन बनेको हो ।

१ सय ६ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन बनाउन सक्यो । अन्तिम ओभरमा एपीएफलाई जितको लागि १३ रन आवश्यक हुदा संगीता राईले २ विकेट लिँदै ६ रन खर्चेपछि प्रदेश एक च्याम्पियन बन्न सफल भएको थियो । अन्तिम ओभरको पहिलो बलमा ममता चौधरीलाई २ रन दिएकी थिइन् । दोस्रो बलमा ममता चौधरी दुई रन लिनेक्रममा रन आउट भएपछि खेल थप रोमान्चक बनेको थियो । तेस्रोबलमा सीता रानामगरले दुई रन लिँदा चौथो बल डट राखेकी थिइन् ।

पाँचांै बलमा सीता स्टम्पिङ आउट भएपछि नतिजा प्रदेश १ को पक्षमा गएको थियो । अन्तिम बलमा संगीताले एक रन दिँदै खेल जिताइन् । एक समय ६ ओभर ५ बलमा ३२–५ को कमजोर अवस्थामा रहेको एपीएफलाई छैटौं विकेटका लागि करुणा भण्डारी र ममता चौधरीले ६४ रनको महŒवपूर्ण साझेदारी गर्दै टोलीलाई जित नजिक पु¥याएका थिए । ममता ३४ रनमा रन आउट भइन् । करुणा २६ रनमा अविजित रहिन् ।

एपीएफलाई जितका लागि अन्तिम १२ बलमा १७ रन चाहिएको थियो । सबनम राईले १९औं ओभरमा ३ रन खर्चेपछि खेल रोमान्चक बनेको थियो । ओपनर राजमती ऐरीलाई शून्यमा बोल्ड आउट भइन् । कप्तान सीता रानामगर घाइते भएपछि राजमती ओपनरका रुपमा आएकी थिइन् । इन्दु बर्माले ७ रन जोडिन् । छैटौं ओभरमा सरिता मगरलाई ६ रनमा एलबिडब्लू आउट भइन् । सोही ओभरमा ज्योति पान्डे १४ रनमा आउट भएपछि एपीएफ पावर प्लेमै २९–४ को कमजोर अवस्थामा पुगेको थियो ।

सोनु खड्का १ रनमा रन आउट भएपछि एपीएफ संकटमा परेको थियो । एलिसा खदिया र रुविनाले समान २ विकेट लिइन् । संगिता राईको नाममा एक विकेट रह्यो ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । ओपनर अप्सरी बेगमले सर्वाधिक ३४ रनको योगदान दिइन् । विकेटकिपर काजल श्रेष्ठ २९ र संगिता २ रनमा अविजित रहिन् ।

ओेपनर अप्सरी र कप्तान रुविना क्षेत्री बेलबासेले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै टोलीलाई फराकिलो स्कोरतर्फ अघि बढाएको थियो । रुविनाले १८ रन जोडिन् । अप्सरीले ३४ रन जोडिन् । रोमा थापालाई ३ रनमा एलबीडब्लू आउट गरिन् । निसा शाहलाई ५ रनमा बोल्ड आउट गरिन् । सीता राना मगरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

विजेता प्रदेश १ ले ५ लाख रुपैया प्राप्त गरेको छ । उप–विजेता एपीएफले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ । सेमिफाइनलबाट बाहिरिएका सुदूरपश्चिम र लुम्बिनीले २५–२५ हजार प्राप्त गरे ।

संगीता सर्वोत्कृष्ट
प्रदेश १ की स्पिनर संगीता राई सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा २०७७ मा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिएकी छन् । प्रदेश १ लाई अपराजित रहँदै उपाधि दिलाउन स्पिनर संगीताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । संगीताले २१ हजार रुपैयाँ हात पारिन् ।

संगीताले कुल ५ खेलमा ५ खेलमा १७.१ ओभर बलिङ गर्दै २ मेडनसहित ६२ रन खर्चेर कुल ११ विकेट लिइन् । संगीताले गण्डकी प्रदेशविरुद्ध ४ ओभरमा २ मेडनसहित ३ रन खर्चेर ५ विकेट लिएकी थिइन् । प्रतियोगिता उत्कृष्ट ब्याटर एपीएफकी ज्योति पाण्डे र बलर करुणा भण्डारी चुनिइन् ।

उनीहरूले समान १० हजार रुपैयाँ हात पारिन् । ज्योतिले ५ खेलमा १ सय ५१ रन बनाइन् । उत्कृष्ट प्रदर्शन ४९ रहँदा स्ट्राइकरेट ८५ को रह्यो । स्पिनर करुणा भण्डारीले ५ खेलमा १९ ओभर १ ओभरमा २ मेडनसहित ५८ रन खर्चेर १३ विकेट लिएकी थिइन् ।