३६ लाख नाघ्यो पहिलोपटक बिटक्वाइनको मूल्य

पुस १९, २०७७

काठमाडौं : पहिलो पटक भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ३० हजार अमेरिकी डलर (६ लाख नेपाली रुपैयाँ) भन्दा बढी भएको छ।

केही साताअघि मात्रै पहिलोपटक बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नाघेको थियो। भने शनिवार प्रति बिटक्वाइनको मूल्य ३०,८२३.३० अमेरिकी डलर कायम भएको हो।

विज्ञहरूले अमेरिकी डलर अवमूल्यन हुने क्रम रहेको अवस्थामा यसको मूल्य अझ बढ्न सक्ने बताएका छन्। 

बिटक्वाइन अमेरिकी डलर वा अन्य मुद्रा झैँ प्रयोग हुन्छ।
हालै पेपल नामक अनलाइन पेमेन्ट गेटवेले बिटक्वाइनबाट कारोबार गर्न सकिने बनाएको थियो।

तर क्रिप्टोकरेन्सीको मूल्य घटबढ भइरहने गर्छ। सन् २०१७ मा बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नजिक पुगेर घटेको थियो। बिटक्वाइनको सबैभन्दा कम मूल्य ३,३०० डलरसम्म पुगेको छ।

गत वर्ष नोभेम्बरमा १९ हजार नाघेपछि यसको मूल्य फेरि कम भएको थियो।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP