इटहरी उपमहानगर डोजो कार्यसमिति चयन

पुस १७, २०७७

इटहरी : इटहरी उपमहानगरपालिका वडा नंबर ६ मा सोमबार गरेको भेलाले इटहरी उपमहानगर डोजोको अध्यक्ष पदमा रोशन सिंह लामा सर्वसम्मतले चयन भएका छन । उनको नेतृत्वमा १३ समिति गठन गरिएको छ । कार्य समितीे सचिवमा सम्राट थापा, कोषाध्यक्षमा दर्शन ढकाल रहेका छन । त्यसैगरी उपाध्यक्षमा कमल जंग दहाल र सहसचिवमा सागर विष्ट रहेका छन ।

कार्य समितीको सदस्यहरु सम्भु परियार, सुदर्शन ढकाल, मौसम कार्की, सरोज चौहान, उज्वल लामा कार्की, सबिन श्रेष्ठ, सुमन नेपाली र पदम तामाङ रहेका छन ।

कार्यक्रममा समितिका अध्यक्ष रोशन सिंह लामाले युवाहरु लागु दुव्र्यवसनमा लागि परेको हुनाले अवका दिनमा युवाहरुलाई सही कार्यमा अगाडि बढाएर लाने उनले प्रतिबद्धता व्यक्त गरेका थिए । लामाले आफु समाजको खेल क्षेत्रमा मात्र नभई सवै कार्यमा संलगन हुने उनले बताए ।

खेल कसैको निजि नहुने र खेलले नै देशले चिनाउने हुदा इटहरी नग। डोजोमार्फत रहेर काम गर्ने हुदा अवको पुस्ताले देशको लागि गोरेटो कोर्नु पर्ने सचिव सम्राट गापाले बताए । युवाले नै समाजको परिवर्तन गर्ने भएको हुदा अबको समितिले त्यस्को प्रतिफल केही समयमा नै देख्न पाइने आशा ब्यक्त गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP