बेइजिङ : चीनमा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार चीनमा पहिलो पटक फेला परेको हो ।
बेलायतबाट चीन फर्केकी २३ वर्षका एक महिलामा कोरोना भाइरसको नयाँ प्रकार फेला परेको हो । समाचार संस्था रोयटर्सका अनुसार चीनमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारबारे त्यहाँको केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पुष्टि गरेको छ ।
चीनमा कोरोनाको नयाँ प्रकार फेला परेसँगै थप सतर्कता अपनाइएको छ । साथै बेलायत र बेलायत हुँदै चीन प्रवेश गर्नेहरुमाथि पनि कडाईं गरिएको छ । सुरुमा कोरोना भाइरस चीनको वुहानमा फेला परेको र पछिल्लो समय विश्व नै त्यसको चपेटामा आएको छ ।
अहिले भाइरसले स्वरुप परिवर्तन गर्दै नयाँ प्रकारमा परिणत भएको छ । कोरोना भाइरस फेला परेको एक वर्षपछि नयाँ प्रकारले अहिले विश्वको ध्यान आफूतिर आकर्षित गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP