राष्ट्रिय सभा अधिवेशन आज दिउँसो ४ बजे

राष्ट्रिय सभा अधिवेशन आज दिउँसो ४ बजे

काठमाडौं : राष्ट्रिय सभाको अधिवेशन आज (शुक्रबार) देखि आह्वान गरिएको छ। 

दिउसो ४ बजेका लागि आह्वान गरिको राष्ट्रिय सभा बैठकमा अध्यादेश अनुमोदन, संसदीय दलका नेताहरूले मन्तव्य राख्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने कार्यसूची छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभा बैठक बस्न लागको हो।