आर्सनलको सानदार जित

आर्सनलको सानदार जित

सुनसरी : प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा आर्सनलले ब्राइजटनलाई १–० गोलले हराएको हो । 

ब्राइजटनको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन आलेक्सेन्डरले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको आर्सनलका लागि खेलको ६६ औं मिनेटमा आलेक्सेन्डरले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

लिगमा पछिल्लो समय कमजोर बनेको आर्सनल बिस्तारै लयमा फर्किरहेको छ । आर्सनलले लिगका पछिल्ला दुई खेलमा जित निकाल्दै आफूलाई अंक तालिकामा बलियो बनाउँदै आएको छ । 

जितसँगै आर्सनलले लिगमा १६ खेलबाट २० अंक जोडेको छ । आर्सनल अंक तालिकाको १३ औं स्थानमा छ । परातिज ब्राइजटन १३ अंकसहित तालिकाको १७ औं स्थानमा छ ।