विराट कोहली बने दशकको उत्कृष्ट क्रिकेट खेलाडी

विराट कोहली बने दशकको उत्कृष्ट क्रिकेट खेलाडी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई दशकको उत्कृष्ट क्रिकेटरको अवार्ड प्रदान गरेको छ। ‍

आइसिसीले कोहलीलाई पछिल्लो दशकमा गरेको प्रदर्शनको आधारमा अवार्ड प्रदान गरेको हो।

सन् २०११ देखि २०२० सम्ममा कोहलीले २० हजार ३९६ अन्तर्राष्ट्रिय रन प्रहार गरेका थिए।  यो अवधिमा अन्य खेलाडी भन्दा बढी शतक प्रहार गर्ने क्रममा कोलहीले ६६ शतक हिर्काए। यस्तै उनले यो अवधिमा सर्वाधिक ९४ अर्धशतक पनि प्रहार गरे।

‍औषत रनमा पनि कोहली सबैभन्दा अघि छन्। उनको औषत ५६.९७ रनेको छ। सन् २०११ मा एकदिवसीय विश्वकपको ट्रफी उचालेका कोहलीले सन् २०१३ को च्याम्पियन्स ट्रफी पनि जिते। 

कोहलीले दशकको उत्कृष्ट एकदिवसीय खेलाडीको पनि अवार्ड जितेका छन्।

दशकको टेस्ट क्रिकेटरको अवार्ड अस्ट्रेलियाका स्टिभ स्मिथले हात पारेका छन्। आफगानिस्तानका रासिद खानले दशकको टी-२० खेलाडीको अवार्ड पाए।

दशकको उत्कृष्ट क्रिकेटर – विराट कोहली (भारत)

दशकको उत्कृष्ट टेस्ट क्रिकेटर – स्टिभ स्मिथ (अस्ट्रेलिया)

दशकको उत्कृष्ट टी-२० क्रिकेटर – रासिद खान (अफगानिस्तान)

दशकको उत्कृष्ट एकदिवसीय क्रिकेटर – विराट कोहली (भारत)

दशकको स्पिरिट अफ क्रिकेट – महेन्द्रसिंह धोनी (भारत)

दशकको उत्कृष्ट महिला क्रिकेटर –  एलिस पेरी (अस्ट्रेलिया)    

दशकको उत्कृष्ट महिला एकदिवसीय क्रिकेटर – एलिस पेरी (अस्ट्रेलिया)

दशकको उत्कृष्ट महिला टी-२० क्रिकेटर – एलिस पेरी अस्ट्रेलिया